जनप्रतिनिधिले एम्बुलेन्समा ल्याएका दुई जनामा देखियो कोरोना संक्रमण !

दाङमा शुक्रबार भेटिएका तीन जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितमध्ये दुई जना भारतबाट आएको खुलेको छ । गढवा गाउँपालिका वडा नम्बर ४ र ५ का दुई जनालाई स्थानीय जनप्रतिनिधिले नेपाल-भारत सीमा क्षेत्रमा पर्ने कपिलवस्तुको कृष्णनगरस्थित एक क्वारेन्टाइनबाट एम्बुलेन्समा राखेर ल्याएका थिए । आफ्नै गाउँपालिकाका दुई जना व्यक्ति अलपत्र परेको खबर आएपछि गढवा उद्योग वाणिज्य संघको एम्बुलेन्स…