सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का विदेश विभाग प्रमुखसमेत रहेका पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले भारतले नेपाली भूमिमा बनाएको सडकका बारे तत्काल भारत सरकारसँग कुरा गर्नुपर्ने जनाएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधव कुमार नेपालले नेपाल र भारतबीच खुला सिमाना भएकाले बिभिन्न समस्या आइरहेको भन्दै पटक–पटक विवाद गरिरहनु भन्दा सिमानामा काँडेतार वा पर्खाल…