काठमाडौं- सप्तरी डाक्नेश्वरी नगरपालिलका ३ का १८ वर्षीय पुरूषमा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसँगै नेपालमा संक्रमितको संख्या १२१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धरानस्थित विपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे प्रयोगशालामा गरिएकाे परीक्षणमा ती पुरूषमा कोरोना भाइरसको संक्रमण देखिएको हाे। उनीहरुको स्वास्थ्य सामान्य रहेको छ। उनी स्वास्थ्यकर्मीकाे सम्पर्कमा रहेकाे बताइएकाे छ। नेपालमा…