चीनमा कोरोना भाइरसका (कोभिड १९) का ९९ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो एक हप्तामा एकैदिन सङ्क्रमित भएकामध्ये यो सङ्ख्या सबैभन्दा धेरै हो । स्वास्थ्य अधिकारीहरुका अनुसार चीनमा योसँगै कोरोना भाइरसबाट ८२ हजार ५२ जना सङ्क्रमति भएका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार शनिबारसम्म सङ्क्रमतिमध्ये एक हजार दुई सय ८० सङ्क्रमित बाहिरबाट आएका…