'तिमीलाई कस्तो छ प्रिय?' मैले बैठक कोठाबाट मेरो श्रीमानलाई फोन गरेँ। म केही दिनदेखि यही बैठकमा सुतिरहेकी छु। भुइँमा फोमवाला स्लिपिङ ब्याग ओछ्याउँछु र त्यसमाथि दुइटा पातला ब्ल्याङ्केट खप्ट्याएर निदाउने कोशिस गर्छु। यो स्लिपिङ ब्याग मेरी छोरीको हो। उसले क्याम्प जाँदा लैजाने गर्थी। भुइँमा सुत्न निकै गाह्रो हुने रहेछ। निद्रै नपर्ने। सुरूमा त यताउति कोल्टे…