कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि लगाइँदै आएको लकडाउन फेरि एकपटक लम्ब्याइने भएको छ । सरकारले तेश्रोपटक घोषणा गरेको लकडाउन मिति आगामी ३ वैशाखमा सकिँदैछ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सिफारिसमा सरकारले लकडाउन अवधि थप गर्दै आएको छ । समितिले केही दिनमै फेरि लकडाउन लम्ब्याउन मन्त्रिपरिषमा सुझाव दिने तयारी गरेको समिति…