लकडाउनको बेला जोकोही पनि प्रहरीलाई झुक्याएर काठमाडौँ छिर्न सक्ने भन्दै महानगरीय प्रहरी प्रभाग नागढुंगाले धादिङ र काठमाडौंको सीमा क्षेत्रमा पर्ने झ्याप्ले खोलामा ८÷१० जनाको समूहमा पहिलो चेकिङ प्वाइन्ट राखेको छ । यस्तै दोस्रो नागढुंगा चेकपोष्ट हो । नागढुंगा चेकपोष्टमा जनपथ प्रहरी मात्र होइन, सशस्त्र प्रहरी पनि खटिएका छन् । तर, कोहीलाई माथिको आदेशमा काठमाडौँ छिर्न…