काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले सोमबार आफ्नो १००औँ टी–२० अन्तर्राष्ट्रिय खेलमा नेदरल्यान्ड्सविरुद्ध प्रतिस्पर्धा गर्दै छ । नेपालले सन् २०१४ मा पहिलोपटक अन्तर्राष्ट्रिय मान्यताप्राप्त टी–२० क्रिकेट खेलेको थियो । त्यसयता नेपालले कुल ९९ टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेको छ । सोमबार नेदरल्यान्ड्सविरुद्ध मैदानमा उत्रँदा नेपाल १००औँ अन्तर्राष्ट्रिय टी–२० खेल जित्ने दाउमा हुनेछ । स्कटल्यान्डको ग्लासगोमा यो…