काठमाडौं । प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ । बैठक बस्नुअघि सभामुख देवराज घिमिरे र विभिन्न दलका प्रमुख सचेतक र सचेतकहरुबीच छलफल भइरहेको छ । सभामुखको सचिवालयका अनुसार सिंहदरबारमा जारी बैठकमा संसदको अवरोध, संसदको क्यालेन्डरलगायत विषयमा छलफल भइरहेको छ । भिजिट भिसा प्रकरणलाई लिएर गत जेठ १३ गतेदेखि संसद् बैठक अवरोध हुँदा बजेटमाथिको छलफलसमेतको कार्यतालिका प्रभावित भएको…