हेर्नुस त सवारी दुर्घटनामा ८ जनाको मृत्यु

काठमाडौं - काठमाडौं, प्युठान, बर्दिया, सुर्खेत, स्याङ्जा र सिन्धुलीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । काठमाडौंको जडीबुटीस्थित सडकमा बा.७४ प ९०६३ नम्बरको स्कुटर र बा.१३ प ४९१४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा स्कुटर चालक काभ्रे घर भएका ३१ वर्षीय दोर्जे तामाङको मृत्यु भएको छ…