गृहमन्त्री नारायणकाजी श्रेष्ठमार्फत भुकम्प पीडितलाई नगद, कम्बल र खाद्यान्न सहयोग

काठमाडौं। भीजी फाउन्डेसनले भुकम्पपीडितका लागि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठमार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्घार कोषमा २१ लाख रुपैयाँ हस्तान्तरण गरेको छ। फाउन्डेसनका अध्यक्ष अशोक अग्रवालले शुक्रबार गृह मन्त्रालयमै आएर उक्त सहयोग राशिको चेक उपप्रधानमन्त्री श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो। त्यससँगै प्रभावित प्रदेशसम्म आफैं ढुवानी गर्नेगरी फाउन्डेसनले पाँच सय थान कम्बल, दुई सय कार्टुन बिस्कुट र दुई सय…