दाल तथा गेडागुडी आयातमा लाग्ने अग्रिम आयकरको दर घटाइयो

काठमाडौं– दाल तथा गेडागुडी आयात गर्दा भन्सारमा तिर्नुपर्ने अग्रिम आयकरको दर सरकारले घटाएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमा तत्कालीन अर्थमन्त्री वर्षमान पुनले केराउ, चना, सिमी, मास, राजमा, मुसुरो, बकुल्ला, रहर लगायत दाल तथा गेडागुडी आयातमा १० प्रतिशत अग्रिम आयकर तिर्नुपर्ने व्यवस्था गरेका थिए । त्यसलाई घटाएर मन्त्रिपरिषद्ले २.५ प्रतिशतमा झारेको छ ।…