काठमाडौं– धादिङको रुवीभ्याली गाउँपालिकाको सडक निर्माणमा १० लाखभन्दा बढी अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङको ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । रुवीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगी, इन्जिनियर सुदीप रेग्मी, लेखापाल बाबुलाल नेगी, सहायक इन्जिनियर लालमान तामाङ, वडा नम्बर ४ का तत्कालीन अध्यक्ष प्रशान्त तामाङलाई प्रतिवादी बनाएर आयोगले…