सहकारीको अबौँ रकम अपचलन आरोपमा पक्राउ ढोरपाटनका मेयरलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं– सहकारीको बचत रकम ठगी आरोपमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । शुक्रवार नयाँदिल्लीबाट पक्राउ परेका देवकुमारलाई आइतबार बागलुङ लगिएको थियो । बागलुङ प्रहरीले उनलाई सोमबार जिल्ला अदालतमा उपस्थित गराएको थियो…