काठमाडौं– नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। बिहीबार प्रतितोला तीन सय रूपैयाँ घटेको सुनको मूल्य आज भने एक हजार छ सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार तीन सय रूपैयाँमा…