काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्को समयमा पहिलेकै दरमा भाडा लिएर सहयोग गर्न एयरलाइन्स कम्पनीहरूलाई आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुने क्रममा उनी हाल अमेरिकाको न्युयोर्कमा छन् । उनले आइतबार सामाजिक सञ्जालमा हवाई भाडा अरू बेलाभन्दा महँगो भएको गुनासो सुनिएको उल्लेख गरेका छन् । सहुलियत मूल्यमा भाडा लिन पनि आग्रह गरेका…