सरकारद्वारा वार्षिक २ खर्ब रुपैयाँ कर छुट, आगामी ५ वर्षभित्र कर छुटका सबै प्रावधान हटाउन सिफारिस

काठमाडौं– सरकारले गठन गरेको कर प्रणाली सुधार सम्पन्न उच्चस्तरीय सुझाव समितिले आगामी ५ वर्षभित्र सबै प्रकारका कर छुटको प्रबन्ध हटाउन सिफारिस गरेको छ । नेपाल सरकारले २९ भदौ २०८० मा विद्याधर मल्लिक अध्यक्षतामा यस्तो समिति बनाएको थियो । सो समितिले १ फागुन २०८० मा आफ्नो प्रतिवेदन नेपाल सरकारलाई बुझाएको थियो । समितिले बुझाएको प्रतिवेदनमा कर…