काठमाडौँ- साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य फेरि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढेको छ । महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको छ भने बिहीबार १ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको थियो…