१२ टन दालमा बाहिरी रङ राखेको पाइएपछि भारततर्फ नै पठाइयो

काठमाडौं– भारतबाट नेपाल आयात भएको १२ टन दाल अखाद्य भएको पत्ता लागेको छ । अखाद्य भएको पत्ता लागेपछि दाललाई भारततर्फ नै फिर्ता पठाइएको छ । व्यापारिक प्रयोजनका लागि बाँके कोहलपुरको प्रभुकृपा अर्डर एन्ड सप्लायर्सले ४ कात्तिकमा नेपालगञ्ज भन्सार नाकामा ल्याएको दाल अखाद्य भेटिएको हो । नेपालगञ्ज एकीकृत जाँच चौकीस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग…