काठमाडौं– नेपाल काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको दोस्रो सेमिफाइनलमा इरानविरुद्ध ३–० सेटमा जित निकाल्दै नेपालले प्रतियोगिताको फाइनलमा स्थान सुनिश्चित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा भएको सेमिफाइनलमा नेपालले इरानविरुद्ध पहिलो सेट २५–१५ र दोस्रो सेट २८–२६ ले जितेको थियो । अन्तिम सेटमा नेपालले २५–२० ले स्कोर…