टस जीतेर फिल्डिङ गर्दै नेपाल

काठमाडौं– श्रीलंकामा आजबाट सुरु भएको नवौं संस्करणको एसीसी एसिया कप टी–२० महिला क्रिकेटको पहिलो खेलमा नेपालले यूएईविरुद्ध सुरुवातमा फिल्डिङ गर्ने भएको छ । श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर नेपालले यूएईंलाई ब्याटिङको निम्ता दिएको हो । इन्दु वर्माको कप्तानीमा रहेको नेपाली महिला टिमले यो प्रतियोगितामा तेस्रोपटक प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल यसअघि…