टर्च बालेर सरकार खोज्दै सुदुरपश्चिम प्रदेश सभा सदस्यहरु

काठमाडौं– सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको तेस्रो बैठकमा सरकार पक्ष सहभागी नभएपछि प्रतिपक्षी दलले टर्च बालेर सरकार खोजेका छन् । मन्त्रीको अनुपस्थितिमा बैठक चल्न नसक्ने भन्दै सोमबार सभामुख भीमबहादुर भण्डारीले अनिश्चितकाललाई बैठक स्थगित गरेका थिए । सोपछि प्रतिपक्षी दल काँग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले प्रदेश सभा भवन अगाडि टर्च बालेर सरकारको खोजी गरेका…