काठमाडौं - विश्वप्रसिद्ध कन्टेन्ट क्रिएटर जिम्मी डोनाल्डसन ‘मिस्टर बिस्ट’ले नेपालको भोटेकोशी बाढी प्रभावितका लागि राहत रकम संकलन अभियान सुरु गरेका छन् । अमेरिकी युट्युबर, उद्यमी तथा परोपकारी डोनाल्डसनले इन्स्टाग्राम स्टोरीमार्फत नेपालका विपद् प्रभावितलाई सहयोग आवश्यक रहेको भन्दै विश्वभरका मानिसलाई अभियानमा जोडिन आग्रह गरेका छन् । उनले आफूहरूले नेपालका प्रभावितका लागि लाखौं डलरको राहत रकम संकलन…