काठमाडौं– अमेरिकाको ह्युस्टनमा हत्या भएको नेपाली विद्यार्थी मुना पाण्डेको अन्त्येष्टि गरिएको छ । आफ्नै अपार्टमेन्टमा गोली हानी हत्या गरिएको उनको सोमबार साँझ परम्परागत हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । उनको शव दुई साताअघि अगस्ट २६ मा अपार्टमेन्टमा फेला परेको थियो । उनलाई चार गोली हानिएको थियो । आफ्नो एक मात्र सन्तानलाई अन्तिम बिदाइ गर्न मुनाकी…