वैशाखको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘जार’को सिक्किममा प्रिमियर गरिएको छ । सिक्किम गान्तोकस्थित वाज्रा वल्र्डमा आयोजित प्रिमियरमा फिल्मका कलाकारहरुसँग विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिती थियो । फिल्मका निर्देशक फुर्वा छिरिङ लामा, नायकद्धय सौगात मल्ल र अनुप विक्रम शाही नेपालबाट सिक्किम पुगेका थिए ।७ सय सिट क्षमताको हलमा दर्शकको उपस्थिती भरिभराउ थियो । फिल्मकी नायिका…