गयिका रचना रिमाल अस्वस्थ भएपछि काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । अस्पतालको क्याबिनमा राखेर उनको उपचार भइरहेको छ । उनको सानो आन्द्रा सुन्निएको र पेटमा पनि केही समस्या देखिएको पारिवारिक श्रोतले बताएको छ ।रचना सांगीतिक प्रस्तुतिका लागि पश्चिम रुकुम पुगेकी थिइन् । तर, पेट दुखेपछि उनलाई सुर्खेतबाट नेपालगञ्जसम्म नेपाली सेनाको हेलिकप्टरबाट ल्याइएको थियो ।…