काठमाडौं - असोज १३ गते अर्थात बडादशैंको फूलपातीको दिनदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ प्रचार–प्रसारमा व्यस्त छ। बिहीबार काठमाडौंमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा चलचित्रका मुख्य कलाकार, निर्माता तथा निर्देशकको उपस्थिति रहेको थियो। प्रचार सामग्री सार्वजनिक भएपछि दर्शकबाट आएको सकारात्मक प्रतिक्रियाले उत्साहित भएको टिमले कार्यक्रममा जानकारी दिएको थियो। चलचित्रको ट्रेलरमै अहिलेको जेन–जी आन्दोलनसँग जोडिएका…