काठमान्डौ - चलचित्र ‘खुस्मा’ का निर्देशक अशोक थापा मगरको दोस्रो निर्देशकीय चलचित्र ‘जलाकी’ आगामी मंसिर ४ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ। असार १५ अर्थात् दही–चिउरा खाने दिनको अवसर पारेर निर्माण टिमले चलचित्रको प्रदर्शन मिति घोषणा गर्दै दुईवटा पोस्टर सार्वजनिक गरेको हो। सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार सोनम तोप्देन र उपासना सिंह ठकुरीलाई फरक–फरक भावमा…