‘पिताम्बर’को टिजरलाई १५ लाख बढी भ्यूज

फिल्म ‘पिताम्बर’को टिजरले युट्युबमा आक्रामक भ्यूज पाएको छ । जसको प्रत्यक्ष फाइदा फिल्मको व्यापारमा हुने देखिन्छ । कृषा चौलागाइको निर्देशनमा तयार भएको फिल्मको टिजरले २४ घन्टामै १० लाख भ्यूज बटुलेको थियो । फिल्मको टिजर हालसम्म १५ लाख बढीले हेरेका छन् ।३१ हजार भन्दा बढी लाइक आएको टिजरमा २४ सय भन्दा बढी प्रतिक्रिया आएका छन् ।…