नरेश भट्टराईको ‘मेरो एउटा साथी छ– ३’ आजबाट

लोकप्रिय संचारकर्मी नरेश भट्टराईले संचालन गर्दै आएको ‘मेरो एउटा साथी छ’को तेस्रो सिजन आजदेखि प्रशारणमा आउन लागेको छ । दुईवटा सिजनको सफलतापछि नयाँवर्ष २०७९ को शुरुवातसँगै सिजन ३ प्रशारणमा ल्याउन लागिएको प्रस्तोता नरेश भट्टराईले जानकारी दिए । आजदेखि हरेक आईतबार राती ९ बजे प्राइम टाइम एचडी टेलिभिजनमा ‘मेरो एउटा साथी छ’ सिजन ३ प्रशारण हुनेछ…