चलचित्र ‘जानी नजानी’ बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी अभिनेत्रीको निरिषा बस्नेतले तीन वर्षपछि भारतीय सिरियलमा कमब्याक गरेकी छन् । उनको केमियो भूमिका रहेको सिरियल ‘तेनाली रामा’ को बिहीबार प्रोमो सार्वजनिक गरिएको छ । सार्वजनिक प्रोमोमा निरिषाको चरित्र चित्रण गरिएको छ । प्रोमोमा भिन्न गेटअपमा देखिएकी उनी यो सिरियलमा चिनियाँ युवतीको भूमिकामा प्रस्तुत छिन् ।…