जापानको टोक्योमा ‘कबड्डी ४’ हेर्न नेपाली दर्शकको ओइरो

बहुप्रतिक्षित नेपाली चलचित्र ;कबड्डी ४' हेर्न जापानको टोक्योमा नेपाली दर्शकको ओइरो लागेको छ। आइतबार टोक्योको नाकानोस्थित नाकानो जेरो हलमा प्रदर्शित शो मा थामी नसक्नु दर्शकको भिड लागेको हो। १ हजार ३ सय सिट संख्या रहेको हलमा सिट संख्याभन्दा दर्शकको संख्या बढी भएपछि आयोजकलाई व्यवस्थापन गर्न हम्मेहम्मे पर्यो। उपस्थित केही दर्शकले आयोजकको व्यवस्थापनप्रति गुनासो समेत गरे।…