काठमाडौँ - फिल्म "राम नाम सत्य"मा समावेश ‘हुम्लाको लिमी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। यसअघि सार्वजनिक ‘धागोले बाटेको’ गीतले युट्युबमा ४० लाखभन्दा बढी भ्युज पाउँदै लोकप्रियता कमाइरहेका बेला निर्माण टिमले अर्को रोमान्टिक गीत दर्शकमाझ ल्याएको हो। ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको गीतमा एसडी योगी र गीताञ्जली थापा मगरको स्वर रहेको छ भने संगीत पनि…