काठमाडौं । कलाकार तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ। कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत यो जानकारी दिँदै दीपाश्री हाल आईसीयूबाट जनरल वार्डमा सारिएको र स्वास्थ्यलाभ गरिरहेको बताएका छन्। दीपकराजका अनुसार फिल्म ‘छ माया छपक्कै २’ को छायांकनका क्रममा दीपाश्रीलाई ब्रेन ट्युमर भएको पत्ता लागेको थियो। त्यसपछि निर्माण टोली केही समय अन्योलमा…