फिल्म ‘१२ गाउँ र नरसिंहाः अवतार’मा काम गरेकी नायिका सनिषा भट्टराइले रंगमञ्चमा डेब्यू गर्ने पक्का भएको छ । उनले, पारिजातको चर्चित पुस्तक ‘शिरिषको फूल’मा केन्द्रित रहेर मञ्चन हुन लागेको नाटक ‘शिरिषको फूल’मा काम गर्ने पक्का भएको हो । यो नाटकमा सनिषाले ‘सकम्बरी’को भूमिकामा काम गर्दैछिन् । साउनको ७ गतेबाट कान्तिपुर थिएटरमा यो नाटक मञ्चन हुनेछ…