काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गर्ने मुद्दाको न्यून सफलता दरप्रति चासो व्यक्त गरेका छन्। बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले मुद्दा दायर हुनेबित्तिकै कर्मचारी वा जनप्रतिनिधि निलम्बनमा पर्ने तर फैसला आउन ८–१० वर्षसम्म लाग्ने अवस्थाले निर्दोष व्यक्तिको सामाजिक प्रतिष्ठा, करियर र पारिवारिक जीवनमा…