काठमाडौं । १२६ दिनको भैरहवा कारागार बसाइपछि रास्वपा सभापति रवि लामिछानेलाई शनिबार अड्डासार गरिएको छ । जिल्ला अदालत रुपन्देहीले अड्डासारको अनुमति दिएको ७९औँ दिनमा बल्ल उनलाई ललितपुरको नक्खु कारागार सारिएको हो । अदालतले अनुमति दिए पनि कारागार विभागले रुपन्देही कारागारमै राखेको थियो । २६ साउनमा मानव अधिकार आयोगको टोलीले कारागारमै पुगेर लामिछानेको अवस्थाबारे स्थलगत निरीक्षण गरेपछि स्वास्थ्य,…