भोलिदेखि दैनिक १६० बुलेट ग्यास आयात हुने, एक साताभित्र अभाव हटाउने सरकारको दाबी

काठमाडौं - बजारमा देखिएको ग्यास अभाव समाधान गर्न सरकारले भोलिदेखि दैनिक १६० बुलेट एलपी ग्यास आयात गर्ने तयारी गरेको छ। उद्योगमन्त्री दीपक साहले ग्यासको आपूर्ति बढाउन भारतसँग अनुरोध गरिएको र भारतबाट समेत सहमति प्राप्त भएको जानकारी दिएका छन्। मंगलबार पत्रकारहरूसँगको छलफलमा मन्त्री साहले तत्काल आपूर्ति बढाएर बजारमा देखिएको अभाव हटाउने प्रयास भइरहेको बताए। उनका अनुसार…