प्रकृति लम्सालको मृत्युको निश्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको लागि भारतीय मन्त्रीसँग मन्त्री राणाको आग्रह

काठमाडौं, ७ फागुन । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसास्थित् केआईआईटी विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युको विषयमा निश्कपक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको लागि भारतका ओडिसाका हायर एजुकेशन मिनिस्टर सूर्यवंशी सुरजसँग फोनमा कुराकानी गरेको स्पष्ट पारेकी छिन् । उनले लम्सालको मृत्युपछि विकसित परिस्थितिका विषयमा पनि आफूले निरन्तर फलोअप गरिरहेको जानकारी गराएकी छिन् सोबारे…