काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा पर्ने भएको छ । रविविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा परेकाले सोही मुद्दाको आधारमा उनको सांसद पद निलम्बनमा पर्ने भएको हो । कास्की जिल्ला न्यायाधीवक्ता कमला काफ्लेका अनुसार सम्पत्ति शुद्धीकरण ऐनअनुसार रवि लामिछानेको सांसद पद स्वतः निलम्बन हुने भएको हो । सम्पत्ति शुद्धीकरण निवारण ऐन,…