काठमाडौं - भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलहरूले संसद् बैठक अवरोध गरेकाले बिहीबारका लागि बोलाइएको बैठक अझै बस्न सकेको छैन । अहिले कांग्रेस, एमाले, माओवादी, रास्वपालगायतका दल छुट्टाछुट्टै छलफलमा लागेका छन् । संसद् बैठक बस्ने तयारी गर्दैगर्दा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको खबर फैलिएपछि संघीय संसद् परिसरमा सांसदहरुमा सनसनी…