सहकारी ठगी मुद्दामा १६ महिनादेखि फरार ढोरपाटनका मेयर पक्राउ, बचतकर्तासँग मिलापत्र भए मेयर पद जोगिने

काठमाडौं– बागलुङको ढोरपाटन नगरपालिकाका फरार मेयर देवकुमार नेपाली पक्राउ परेका छन् । उनी भारतको दिल्लीस्थित विमानस्थलबाट पक्राउ परेका हुन् । सहकारी ठगी मुद्दामा १६ महिनादेखि फरार रहेका नेपाली सरकारले कानुनी प्रवधान खुकुलो पारेसँगै पक्राउ परेका हुन् । सरकारले अब बैंकिङ कसुर र सहकारी ऐनअन्तर्गतका मुद्दामा मिलापत्र गर्न सकिने प्रवधान ल्याएको छ । महान्यायाधिवक्ताको कार्यालयले ऋण…