कालिञ्‍चोकमा केबलकारमा ४० प्रतिशत छुट, ३८४२ मिटरको उचाइमा अवस्थित कालिञ्चोक भगवतीको दर्शन

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर कालिञ्चोक दर्शन लिमिटेड दोलखाले केबलकारमा ४० प्रतिशत छुटको अफर ल्याएको छ । पुस १६ गतेदेखि दोलखा, सिन्धुपाल्चोक र रामेछाप गरी ३ जिल्लाका नागरिकका लागि केवलकारमा ४० प्रतिशत छुटको अफर ल्याएको हो । यसअघि पाँचसयको टिकट लिएर केबलकारको सेवा उपलब्ध हुनेमा ४० प्रतिशत छुटपछि तीनसयको टिकट लिएर आवतजावत गर्न…