काठमाडौं महानगरपालिका स्वास्थ्य विभागले काठमाडौंको मैतिदेवीका डा. दिलजन मन्सुरले सञ्चालन गर्दै आएको क्लिनिक बन्द गराएको छ । डा. मन्सुरद्वारा सञ्चालित एफडीएच क्लिनिक मापदण्ड विपरीत सञ्चालनमा रहेको भन्दै महानगरको स्वास्थ्य विभागको अनुगमन टोलीले आईतबार दिउँसो बन्द गराएको हो । एफडीएच क्लिनिकमा मोटोपना, मधुमेह, उच्च रक्तचाप लगायतका रोगको उपचार गरिँदै आएको थियो । एफडीएच क्लिनिकले आफूहरुसँग सञ्चालनका…