जंगलबाट ल्याएको च्याउ खाँदा बुटवलमा १९ जना बिरामी भएका छन्। उनीहरू सबै बुटवल उपमहानगरपालिका वडा नम्बर १२ नयाँ गाउँका हुन्। बिरामी हुनेहरू मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले नयाँ गाउँकी २८ वर्षीया रिना बिक, २८ वर्षीया कमला बिक, ८ वर्षीया सुप्रिया बिक, ३८ वर्षीय…