काठमाडौं– एसइईमा एनजी ल्याएका विद्यार्थीलाई काठमाडौं महानगरपालिकाले पुरक परीक्षाको तयारी कक्षा दिन थालेको छ । विद्यार्थीहरुलाई स्रोत केन्द्रमा क्याम्प राखेर कक्षा सुरु गरिएको हो । सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले उक्त कक्षाहरु पास गराउनमा भन्दा पास गराउने वातावरण तयार गर्नका लागि सञ्चालन गरिएको बताए । उनले भने, ‘पास
सिन्धुपाल्चोक– भोटेकोशी गाउँपालिका–४ मा रहेको निर्माणाधीन भोटेकोशी जलविद्युत् आयोजनाको ढलान खस्दा दुई कामदार पुरिएका छन् । घटनामा १० जना घाइते छन् । जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका एसपी सन्तोष खड्का अनुसार, ड्यामतर्फ पानी जाने पट्टीको ढलान एक्कासी खस्दा १० जना घाइते भएका हुन् । दुई जनालाई निकाल्ने प्रयास भइरहेको छ ।
काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षकहरूलाई नतर्साएको बताएकी छन् । शुक्रबार राष्ट्रिय सभामा बोल्दै उनले शिक्षकले राजनीति गर्दै हिंड्न नहुने कक्षा कोठामा हुनपर्ने बताएकी हुन् । उनले भनिन् ‘शिक्षकलाई तर्साएको छैन । शिक्षक राजनीतिक पार्टीको सदस्य हुनुहुन्न भनेर राजनीतिक दल सम्बन्धी ऐनले नै भन्छ । यसकारण राजनीति
बागलुङ– बागलुङको जैमिनी नगरपालिका–८ छिस्ती, धुसस्थित ताराज्योति प्राथमिक विद्यालयमा पछिल्लो तीन वर्षमा विद्यार्थीको सङ्ख्या ह्वात्तै घटेको छ । हाल सो विद्यालयमा दुईजना छात्रमात्र अध्ययनरत छन् । उनीहरूमध्ये एकजनाले कक्षा १ र एकजनाले कक्षा ३ मा अध्ययन गर्छन् । कक्षा २ मा भने विद्यार्थी नै छैनन् । स्थानीयवासी सुविधाको खोजीमा अन्यत्र
काठमाडौं– शिक्षामन्त्री सुमना श्रेष्ठले आफूले राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्ने कदम चालेपछि सरकार परिर्वतन खोजिएको दाबी गरेकी छन् । बिहीबार सामाजिक सञ्जाल एक्समार्फत श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै आफूले राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्ने उद्देश्यले फाइल अगाडि बढाउँदा सरकार नै परिवर्तन गर्न खोजिएको आरोप लगाएकी हुन्
बुटवल– नेकपा एमालेले एसइईको ग्रेड वृद्धी परिक्षाको लागि निःशुल्क अनलाइन कक्षाको व्यवस्था गर्ने भएको छ । अनेरास्ववियुले एसईई परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुलाई सम्मान गर्ने कार्यक्रममा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले एसइईको पूरक परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षाको व्यवस्था गरिने बताए । उनले परीक्षामा फेल हुनु विद्यार्थीको मात्रै
काठमाडौं– सांसदद्वय पदमबहादुर परियार र आनन्दप्रसाद ढुङ्गानाले दुई मन्त्रालयको खर्च कटौती गर्ने प्रस्ताव राखेका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसद परियार र ढुङ्गानाले ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय’ र ‘कृषि तथा पशुपंक्षी विकास मन्त्रालय’को खर्च कटौतीको प्रस्ताव राखेका हुन् ।
काठमाडौं– काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूबाट २०८० सालको एसइई परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ५४५ जना (१३.७७) विद्यार्थीले ३.६१ देखि ४ जीपीए प्राप्त गरेको सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिए । गएको वर्ष १५० जना (३.८३%) विद्यार्थीले यो नतिजा प्राप्त गरेका थिए । यसरी हेर्दा गएको वर्षभन्दा यसमा वर्ष
काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्ने बताएकी छन् । सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले दलीय राजनीतिक हस्तक्षेप स्वीकार्य नहुने बताएकी हुन्। शिक्षक वा प्राध्यापकले तालाबन्दी गरे कारबाही गर्ने कानुन बनाउने समेत उनले बताएकी छिन् ।
रौतहट– विद्यार्थीहरु बिहान पठन पाठन सुरु हुनुअघि पङ्तिवद्ध भएर विद्यायल प्राङ्गणमा उभिएका छन् । उनीहरुले राष्ट्रिय गान गाएर भर्खरै सक्काएका छन् । तर उनीहरु प्राथना गर्न उभिएको विद्यालयको आँगन कम रोपाई गर्ने खेत ज्यादा देखिएको छ । जहाँ विद्यार्थीहरु घुँडासम्म आइपुग्ने गरि जमेको पानीमाथि उभिएका छन् । केहिले हिले पानीबाट