रवीन्द्र मेहताको शव नबुझ्ने परिवारको अडान, गृहमन्त्रीसंग औपचारिक सम्झौताको माग

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको उपचारका क्रममा मंगलबार काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएपछि उनका परिवारले शव नबुझ्ने अडान लिएको छ। परिवार र आफन्तले सरकारसँग औपचारिक सम्झौता नभएसम्म शव नबुझ्ने र अन्त्येष्टि नगर्ने स्पष्ट पारेका छन्। उनीहरू शिक्षण अस्पताल परिसरमा भेला भई आफ्ना माग…