हमासले छाड्ने २० बन्दीको सूचीमा छैन विपिन जोशीको नाम, के होला उनको भविष्य ?

काठमाडौं । हमासले मुक्त गर्न लागेका २० जना बन्धकहरूको नाम सार्वजनिक गरेको छ । जुन सूचीमा नेपाली विद्यार्थी विपीन जोशीको नाम उल्लेख छैन । अज्ञात भनिएका अर्का तमीर निम्रोदीको नाम पनि सूचीमा समावेश छैन । सार्वजनिक गरिएका नामहरू पहिले नै सार्वजनिक भएका २० जना जीवित रहेको भनी अनुमान गरिएका बन्धकहरूको सूचीसँग मिल्छन् । उनीहरु सबै…