२० पुष , काठमाडौं । कम्बोडियामा भएको आगलागीमा परी ज्यान गुमाएका निराकर पाण्डेको शव नेपाल ल्याउने प्रक्रिया सुरु भएको छ । उनको शव आगामी आइतबारसम्म नेपाल आइपुग्ने जानकारी प्राप्त भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाण्डेको शव नेपाल ल्याउन सहजीकरण गर्न मुख्य सचिव शंकरदास बैरागीलाई निर्देशन दिएका थिए ।…