काठमाडौं - जेनजी आन्दोलनका कारण सरकारले यस वर्ष दशैंका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ नखुलाउने भएको छ । मंगलबार यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीहरुबीच भएको छलफलमा विषम परिस्थितिका कारण अग्रिम टिकट बुकिङ नखुलाउने सहमति भएको हो । विश्वविद्यालय, कलेजहरू बिदा हुने र उनीहरुको घर जाने क्रम सुरु भइसकेकाले यस वर्ष दशैंलाई…