काठमाडौं - रास्वपा सभापति रवि लामिछाने ललितपुरस्थित नख्खु कारागारमा सिंगल रुम पाएका छन् । कारागारको सिआरसी ब्लकमा शनिबार राति ४१४ कैदीबन्दीसँगै बसेका रविले आइतबार सिंगल रुम पाएका हुन् । नख्खु कारागारका जेलर भीम कोइरालाले पूर्वगृहमन्त्री लामिछानेको सुरक्षा र स्वास्थ्यलाई ख्याल गरेर एउटा बेडसहितको रुम उपलब्ध गराइएको जानकारी दिएका छन् । कोठामा एसी वा पंखालगायतका सुविधा…